१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धादिङमा रिलायन्स इन्सुरेन्स

रिलायन्स लाइफ इन्सुरेन्सको धादिङ शाखाको उद्घाटन गर्दै। तस्बिर : सरिता/नागरिक

धादिङ – रिलायन्स लाइफ इन्सुरेन्सले धादिङ जिल्लामा शाखा सञ्चालनमा ल्याएको छ। इन्सुरेन्सले औपचारिक रुपमा बुधबारदेखि शाखा कार्यलयबाट सेवा सञ्चालनमा ल्याएको हो। धादिङबेसी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको उक्त शाखाको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कंडेलले संयुक्त रुपमा उद्घाटन गरे।

जीवन बिमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कँडेलले बताए। ‘बिमा बजारको क्षेत्र ठूलो भएको छ,’ कँडेलले भने, ‘यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत हो, भविष्यका लागि पनि सबैले बिमा गर्नु आवशयक छ।’ दुई अर्ब १० करोड चुक्ता पुँजी रहेको इन्सुरेन्सका हाल धादिङसहित ४१ शाखा स्थापना भएका छन्।

शाखा उदघाटन समारोहमा स्थानीय उधोगी, व्यापारीलगायत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रममा कंडेलले देशको विभिन्न भागमा सेवा शाखा विस्तार गरेको जानकारी दिए। स्थानीय उद्योगी व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई इन्सुरेन्ससँग व्यवसाय तथा सम्पत्तीको बिमा गराएर उच्चकोटीको सेवा लिन आग्रह गरे।

बिमा भनेको बिमित र बिमकबिचको सम्झौता हो। जसमा बिमितले बिमकलाई निश्चित रकम तिरेबापत बिमकले बिमितलाई आकस्मिक संकटबाट उत्पन्न हुने क्षति हुँदा एकमुष्ट ठूलो रकम भुक्तानी गर्ने जोखिम उठाउँछ। विभिन्न क्षेत्रबाट आइपर्ने आर्थिक क्षतिबाट हुने जोखिम अन्य पक्षलाई हस्तान्तरण गरी जोखिम न्यूनीकरण गर्न बिमा गरिने धादिङ शाखाका म्यानेजर रमेश अधिकारीले बताए। ‘बिमा (जीबन बिमा) एक प्रकारको लगानी पनि हो’, अधिकारीले भने, ‘आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाहजस्ता महत्वपूर्ण कामका लागि आवश्यक रकम जोहो गर्न पनि बिमा गर्न सकिन्छ।’

प्रकाशित: १३ मंसिर २०७५ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App