१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षकी श्रीमतीद्वारा आत्महत्या

बारा - बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी श्रीमती सुनिता देवीले बुधवार आत्महत्या गरेकी छन्।

परवानीपुर गाउँपालिका २ रामपुरमा रहेको आफ्नै घरमा साडीको पासो लगाएर उनले अात्महत्या गरेकी हुन्। बिहान १० बजे घरका सबै सदस्यसँगै रहेकी उनी ११ बजेकाे समयमा झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुवास हमालले बिहान १० बजे गाउँपालिका प्रमुख साह घरबाट कार्यालय गएको र घरका अन्य सदस्यहरु नरहेको अवस्थामा उनले अात्महत्या गरेकाे बताए।

घरमा पकाएको खानाको बिषयलाई लिएर परिवारमा केही समान्य विवाद भएको र घरमा कोही नभएको अवस्थामा उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयकाे अाशंका रहेकाे छ। यता उनकाे परिवारले भने उनी डिप्रेशनककाे शिकार रहेकी बताएका छन्।

 

प्रकाशित: १२ मंसिर २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App