१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंकले बढायो नेप्सेको कारोबार, परिसूचक सामान्य घट्याे

काठमाडौं–  मंगलबार २५ करोड रुपैयाँमा सिमित भएको नेपाल स्टक एक्सचेन्जको कारोबारमा आज भने एकाएक बृद्धि भएर ४० करोड ८० लाख रुपैयाँ पुगेकोे छ।

 नेपाल बैंक लिमिटेड एक्लैको शेयर किनबेच उच्च हुँदा समग्र कारोबार नै प्रभावित भएको हो। उक्त बैंकको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।परिसूचक सामान्य अङ्कले घटे पनि नेप्सेमा बुधबार ४० करोड रुपैयाँको कारोबार भएको छ। परिसूचक २.१ अंकले घटेर ११सय ५९ विन्दुमा आइपुगेको छ। 

आज नेप्सेमा १५३ कम्पनीके १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर खरिद बिक्री भई ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचजेन्जले जनाएको छ।समूहगत कारोबारमा आज सबैभन्दा धेरै निर्जीवन बिमा २५.४१ अंकले घटेको छ भने अन्य समूह २.११ अङ्कले बढेको छ। बैङ्किङ १.८१ अङ्कले घटेको छ।

 

प्रकाशित: १२ मंसिर २०७५ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App