पत्रकार आचार्यलाई महासंघको सहयोग

शुक्रबार, १० असार २०७३, १९ : ३० मदन ठाकुर

रौतहट-टाटा सुमोको ठक्करबाट पूरा परिवार नै घाइते भई श्रीमती समेत गुमाएका घाइते पत्रकारलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ। दुई हप्ताअघि निजगढबाट मोटरसाइकलमा चन्द्रपुरस्थित घरतिर आइरहेका नेपाल प्रेस युनियन रौतहटका उपाध्यक्ष एवं रासस प्रतिनिधि नरहरी आचार्यलाई सुमोले ठक्कर दिएको थियो। शाखाले उनलाई २५ हजार नगद सहयोग  गरेको हो।  
गत जेठ ३० गते बाराको निजगढ स्थित ससुराली घरबाट फर्किने क्रममा पत्रकार आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रशंसा आचार्य चढेको ना २७ प ६३१२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना १ ज ३७४८ नम्बरको शिखरापुर टाटा सुमोले ठक्कर दिएपछि तीनै जना घाईते थिए।
घाइते अबस्थामा तिनै जनाको हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचार हुदै आएकोमा बुधबार पत्रकार आचार्यको श्रीमती प्रमिला भण्डारीको निधन भएको छ। पत्रकार आचार्यको छोरी प्रशंसा आचार्यको थप उपचारको लागि बिहीबार काठमाण्डौ स्थित नर्भिक अपताल भर्ना गरिएको छ। उनी चढेको मोटरसाइकल ठक्कर दिने टाटा सुमोका चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad