१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रारा तालमा उपराष्ट्रपति पुनको 'बोटिङ' (फोटो फिचर)

जुम्ला- उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताएका छन्। प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन सके नेपाल आफै समृद्ध बन्ने उनको भनाई छ।

‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ को अवसरमा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा कर्णाली प्रदेशको भ्रमणको क्रममा मंगलबार जुम्लाको भिन्ना भिन्नै स्थानमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पुनले कर्णालीको समृद्धिमा जोड दिए।

उपराष्ट्रपति पुन मंगलबार साँझ मुगुको रारा पुगेका छन्। उनले रारा तालमा बोटिङ समेत गरे। मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित उनले रारामा बोटिङ गरेका हुन्। ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सुरु भएको रारा कर्णाली पर्यटन वर्ष कार्यक्रम प्रवद्र्धनको क्रममा उपराष्ट्रपतिलाई कर्णाली प्रदेश सरकारले आमन्त्रण गरेको हो। बुधबार उपराष्ट्रप्रति डोल्पाको फोक्सोण्डो पुगेर रिगो फोक्सोण्डो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App