१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गाडीको टिकट अब अनलाइनमै

काठमाडौं– सार्वजनिक यातायात तथा निजी गाडीको टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। बसपार्कको काउन्टरमा पुगेर टिकट लिनुपर्ने अवस्थाको अन्त्य गर्दै मेरो यात्रा डटकम डट एनपीले घरमै बसेर अनलाइनबाटै टिकट लिने तथा रकम भुक्तानी र बुकिङ पनि गर्न सकिने सेवाको सुरुवात गरेको छ।

मेरो यात्रा डट कममा गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारी साधन रिर्जभ समेत गर्न सकिने संचालक उमेश खड्काले बताए। ‘यो सेवाले यात्रुलार्इ लामो दुरीको यात्राको लागि लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्भ गर्न सकिने छ’, उनले भने। 

खड्काका अनुसार मेरो यात्रा मोबाइल एप पनी सार्वजनिक गर्ने तयारी छ। समय सापेक्ष र प्रविधिको प्रयोग गर्दै सरल र सहज रूपमा यात्रु र व्यवासायीलार्इ यसबाट सहयोग पुग्ने उनको विश्वास छ।

प्रकाशित: ११ मंसिर २०७५ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App