१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधानसँग बाँझिएका २ सय कानुन संशोधन गर्न आग्रह

काठमाडौं – सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा मंगलबार आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उनले संविधानसँग बाँझिएका २०० कानुन भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन। सभामुख महराले भने, “संविधानसँग बाँझिएका कानुन एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, २०० कानुन संविधानसँग बाँझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस्।”

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधानअनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानून नयाँ संविधानअनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताए। उनले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानून प्रभावकारी भए÷नभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गरे। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानून निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानुन लागू गर्न र अप्ठ्यारो परेर दबाब आएमात्रै कानून संशोधन गर्ने चलन सही नभएको बताए।

उनले निर्माण भएका कानून सही रुपमा कार्यान्वयनमा आएको वा नआएको वा समयअनुकूल कानून परिमार्जन गर्नुपर्ने कुरामा सधैं ध्यान दिनुपर्नेमा जोड दिए। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानुन १८–२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने भएको हुँदा कानून बनाउनु पूर्व नै समाजमा त्यो कानून उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए।  (रासस)

प्रकाशित: ११ मंसिर २०७५ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App