१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यो तामझाम किन? सरकार खोज्नेलाई देखाउनः प्रधानमन्त्री अाेली

तस्बिरः केशव थाेकर

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए।

कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले तामाझाम सरकार कहाँ छ भनी खोजी गर्नेका लागि देखाउन गरिएको बताए। ‘अस्ति सरकार कहाँ छ भन्नेहरु थिए, नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी सरकार कहाँ छ भनी गरेको प्रश्न गरेकालाई इंगित गर्दै ओलीले भने, ‘देख्नु भयो सरकार कहाँ छ? अब काठमाडौमा मेलम्चीको पानी आउँदै छ, नागढुंगा कलंकी सडक भन्नु हुन्थ्यो। बन्दै छ हेर्नुस सरकार त्यहाँ छ। अब हामीलाई नसोध्नु होस जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर।’ ओलीले थपे, अब नचाहेर पनि देख्नुहुने छ श्रमजिवीहरुका बीचमा सरकार।’ 

सामाजिक सुरक्षा योजना रोजगारदाता श्रमिक र सरकार तीन पक्ष एकथलोमा जुटेको ऐतिहासिक अवसर भएको भन्दै ओलीले भने, तामाझम भन्नु होला नौमति बाजा अझै बजाएका छैनौ।

राष्ट्रपति आलोचनाप्रति तीव्र अाक्राेश

मन्तब्यका क्रममा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिप्रती पछिल्लो समय भइरहेको आलोचनालाई मर्यादाहीन र सभ्यताहीन भएको टिप्पणी गरे। ‘राष्ट्रपति तथा उपराष्ट्रपति जस्ता गणतन्त्रका संस्था रातारातको आम हत्याबाट सृजना भएका संस्था होइनन्,’ ओलीले भने, गणतन्त्रका सर्बोच्च र मर्यादित संस्था हुन् त्यो कुरा बुझनुस। सरकार यो विषयमा सजक छ।’

उदारीकरणले अर्थतन्त्रमा बुलडोजर लाग्यो
समाजवाद उन्मुख सविधान र त्यही अनुरुपको सरकारका कारण समृद्धि र समाजिक सुरक्षा प्रवल बन्दै गएको बताउँदै ओलीले विगतमा उदारिकरणको नक्कल गर्दा नेपाली अर्थतन्त्र धरासायी बनेकाले त्यस्तो असरबाट उकासिन नै समय लागेको बताएका थिए।

‘उदारीकरणको नक्कलले हाम्रो अर्थतन्त्रमा बुलडोजर चल्यो कलकारखाना बेचिए,’ ओली भने, औद्योगिकरणको बाटाहरुलाई स्वार्थका नंग्राहरुले चिरियो।’ ओलीले अब भने छाडा पूजीबादी संस्कारले जर्जर बनाएको प्रणाली सुधार गर्न केहि समय लागेको बताएका थिए। ओलीले अब जनतामा ‘राज्य छ त्यसैले पाल्छ’भन्ने सन्देश प्रवाह गर्न आफू सफल भएको बताएका थिए।

प्रकाशित: ११ मंसिर २०७५ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App