१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिद्यालयमा बम राख्ने थप दुई पक्राउ, मुख्य योजनाकार अझै फरार

काठमाडौं- प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठन दुई नेतालाई सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका मार्नाथ उपाध्यक्ष बिष्णु पौडेल र पोलिटब्युरो सदस्य मुस्ताकिन अन्सारीलाई पक्राउ गरेको हो।

परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले राजनीतिक संगठनको आवरणमा आततायी घटनामा संलग्न रहेकाले केन्द्रका दुई नेतालाई पक्राउ गरेको बताए। उनका अनुसार उपत्यकालाई केन्द्रमा राखेर धाकधम्की देखाउँदै असुलीमा केन्द्रका नेता तथा कार्यकर्ता संलग्न रहेको प्रमाण प्रहरीले फेला पारेको हो।

असोज ४ गते विहान तीनबजेर ४० र तीनबजेर ५० मिनेटमा बौद्धक्षेत्रमा रहेका दुई बिद्यालयमा बम बिस्फोट भएको थियो। यस्तै काठमाडौंका आठ र ललितपुरका एक बिद्यालयमा शंकास्पद वस्तु राखिएको थियो । प्रहरीले शंकास्पद वस्तुमा बिस्फोटक पर्दाथ नभएको दाबी गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार माओवादी कम्युनिष्ट केन्द्र, नेपाल नामक संगठनको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सले शैक्षिक संस्थामा बम राख्ने र बिस्फोट गराएको हो।

प्रहरीका अनुसार मंगलबारको घटनाका मुख्य योजनाकार दाबी गरिएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा र योङ्ग कम्यूनिष्ट फोर्स नेपालका संयोजक सुमन श्रेष्ठ फरार रहेका छन्।

प्रहरीले संगठनका दुई कार्यकर्ता शंकर लाखे र चन्द्रबहादुर तामाङ्गलाई तत्काल  पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका अझै फरार नै छन । पक्राउ परेका लाखे ललितपुरमा रहेको आईडियल मोडल स्कुलको बा.२ ख. ४६९ नम्बरको भ्यानलाई साउन ६ गते डल्लुमा जलाएको घटनामा संलग्न थिए। प्रहरी वृत्त स्वयम्भूले लाखे सहित ८ जनालाई पक्राउ गरि आगजनी मुद्दामा पेश गरेकोमा काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडने आदेश दिएको थियो।

प्रहरीका अनुसार काठमाडौं नारायणटारमा रहेको एम्बेस्डर,राई स्कुल र इष्ट पोल, बौद्धमा रहेको बाल संचार, मनकामना उ.मा.वि, आकाश दिप इंग्लिस बोर्डिङ स्कुल, डल्लुमा रहेको कंचनजंघा र ललितपुर सानेपमा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा बिस्फोट र शंकास्पद वस्तु राखिएको हो ।  प्रहरीका अनुसार आकाशदिप र मनकामना बौद्धमा विहानै बम बिस्फोट भएको हो।

प्रहरीका अनुसार २०७१ साल कार्तिकमा कंलङ्कीबाट मान बहादुर चदाराको यार्सागुम्वा लुटने कार्यमा संलग्न रहेको अभियोगमा  जवरजस्ती चोरी मुद्दामा कारवाही भोगेका देबेन्द्र महत अध्यक्ष र केशव दाहाल महासचिव रहेको माओवादी कम्यूनिष्ट केन्द्रकै भातृ संगठनले असोज ४ मा घटना गराएको हो।

तत्कालिन बिद्रोही नेकपा माओवादी शान्ति प्रक्रियमा आउनु पूर्व नै २०६२ सालमा हतियार सहित भागेका पूर्व लडाकुहरुले माओवादी कम्यूनिष्ट केन्द्र नामक दल गठन गरेका थिए।  २०६२ साल देखि २०६९ साल सम्म राजनीतिक दलको आवरणमा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेका र २०६९ सालमा सरकारसँग वार्ता गरपनि वार्ता असफल भएको थियो। २०७१ भदौमा नेपालगंजमा आन्नद प्रसाद ढुङगानाको नेतृत्वमा गठित वार्ता समिति समक्ष हतियार बुझाए पनि बिभिन्न कलेज तथा विद्यालयमा अनियमिता भएको वहानामा धम्काउने र  चन्दा माग्दै आएका थिए । पार्टीका अध्यक्ष र महासचिव नै चोरीमा कारवाही भोगेका र निर्वाचन आयोगमा दर्ता समेत नभएकाले मंगलबारको गतिविधी बिशुद्ध संगठित अपराध भएको दाबी प्रहरीले गर्दै आएको छ ।

प्रकाशित: १० आश्विन २०७३ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App