१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिभिल बैंकले मनायो आठौं वार्षिकोत्सव

काठमाडौं – सिभिल बैंक लिमिटेडले वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान प्रदान जस्ता कार्यक्रम गरी आठौं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रको चक्रपथसँगै जोडिएकोे पार्किङ क्षेत्रमा वृक्षारोपण गरेको थियो। कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष इच्छाराज तामाङले गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप वृक्षारोपण गरेको र ती बिरुवालाई पाँच वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउनेसम्मको जिम्मेवारी वहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।

आठौं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको प्रधान तथा प्रमुख सहरका शाखामा रक्तदान कार्यक्रम गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमसमेत रहेको बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा एनएफआरयस अनुसार यस बैंकले १८ करोड ५० लाख नाफा कमाएको जनाएको छ। सिभिलले ७० वटा शाखाबाट सेवा दिइरहेको छ।

प्रकाशित: ११ मंसिर २०७५ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App