१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘सुश्री’ फकाउँदै सलोन र बिनोद

काठमाडौं – मंसिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ। ट्रेलरमा फिल्मका तीन पात्र सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन्। फिल्मको कथा यिनै चरित्रको वरिपरि घुम्ने भएकोले ट्रेलरमा उनीहरूलाई नै ज्यादा स्थान दिएको निर्देशक सुब्रत आचार्यले बताएका छन्।

पोस्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन्। फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्मको पटकथा अभिमन्युले लेखेका हुन्।  सुव्रत आचार्यले फिल्म हास्य विधामा बनेको बताए।

‘दुई युवाले सुश्री र उनीसँग भएको सम्पति प्राप्तिका गर्ने संघर्षले दर्शकलाई मनोरञ्जन तरिकाले प्रस्तुत गरेका छौं। दर्शक ‘बोर’ नगर्ने हाम्रो प्रयास छ।’

‘रुद्र’बाट डेब्यु गरेकी साराले तेस्रो फिल्ममा आफू फरक चरित्रमा देखिने बताइन्। ‘फिल्मको सुश्री म नै भएकीले फिल्म ममा नै केन्द्रित छ। फिल्म नै आफुले बोक्नु पर्ने भएकोले मैले निकै मेहनत पनि गरे। यो फिल्मसम्म आइपुग्दा आफ्नो ग्रोथ भए जस्तो लाग्छ। फिल्म हेर्दा एकदमै रमाइलो छ,’ उनले भनिन्।

प्रकाशित: ११ मंसिर २०७५ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App