१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुटपिट गर्ने प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी

जाजरकोट - आफुलाइ कुटपिट गरेको भन्दै एक छात्रले प्रधानाध्यापक विरुद्ध उजुरी दिएका छन्। जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रास्थित वाल माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने शेरवहादुर खड्काले आफुलाइ  विद्यालयका प्रधानाध्यापक पृथ्वीवहादुर सिंहले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दिएका हुन्।

स्कुल जाँदा मुखमा रुमाल वाँधेको कारण प्रधानाध्यापक सिंहले आफुलाइ रगताम्य हुने गरि कुटपिट गरेको उनले बताएका छन्। 'मुखमा रुमाल किन वाँधेको भन्दै हेडसरले विद्यालयको चौरमा घिसार्दै नाक मुखवाट रगत आउने गरि कुटपिट गर्नु भो', वस्नेतले भने। शेरवहादुरलार्इ प्रअ सिंहले कुटपिटको कुरा वाहिर ल्याए वा प्रहरीमा उजुरी दिए विद्यालयबाट निष्काशन गरिदिने धम्की समेत दिएको  उनका काका चन्द्रवहादुर बस्नेतले वताए। इलाका प्रहरी कार्यालयले आफुलाइ न्याय दिलाउन केहि नगरेका कारण जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु परेको शेरवहादुरले वताए। 

 

प्रकाशित: १० मंसिर २०७५ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App