१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ऊर्जा र खानेपानीका लागि एडीबीको १६ अर्व ऋण

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– एसियाली विकास बैंकले खानेपानी र ऊर्जाका कार्यक्रमका लागि नेपाललाई १६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ। सहरी खानेपानी आपूर्ति तथा सरसफाई आयोजना र सासेक ऊर्जा प्रणाली विस्तार आयोजनाका लागि ऋण सहयोग गर्ने गरी आज एडीबी र अर्थमन्त्रालय बीच हस्ताक्षर भएको छ। 

सहयोगसम्बन्धी दुवै सम्झौतापत्रमा अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्।  नेपालमा एडीबी सहयोगमा २.८ अर्ब अमेरिकी डलर बराबरका आयोजना सञ्चालनमा छन्। देशभरका २० नगरपालिकामा समुदायमार्फत व्यवस्थित खानेपानी तथा सरसफाई कार्यक्रम अघि बढाउन एडिबीको ऋण उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै विद्युत प्रसारण क्षमता विस्तार तथा वितरण प्रणाली सुधारका लागि पनि एडिबीको ऋण परिचालन हुने अर्थ मन्त्रालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। 

 

प्रकाशित: १० मंसिर २०७५ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App