१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी - डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

दिपायलबाट वायलतर्फ जाँदै गरेको से १ त ६६४९ नम्बरको ट्याक्टर केआईसिँह गाउँपालिका–३ बाशुदेबीमा सडकमै पल्टीएर दुर्घटनामा परेको हो। दुर्घटनामा परी केआईसिह–३ बाशुदेवीकै ३२ बर्षीय पारस मल्लको मृत्यु भएको छ भने सोही ठाउँका उपेन्द्र बम र मिन बम घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीका अनुसार ट्याक्टरमा ६ जना सवार थिए। जसमध्ये अन्यको अवस्था सामान्य छ। चालक रेशम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

 

प्रकाशित: १० मंसिर २०७५ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App