१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वायुसेवा निगमको ए३२०-२२० जहाज आकस्मिक अवतरण

काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन फ्रयाङकोइस फेनार्टले कमाण्ड गरेको कल साइन ९ एन- एकेएक्स भएको जहाज अवतरणका लागि आउँदै गर्दा १२ हजार ५ सय फिट उचाइमा ककपिट भित्र 'स्मोक डिटेक्ट' को सूचना आएको थियो।

'त्यसो हुना साथ क्याप्टेनले आकस्मिक अवतरण गर्न टावरसँग अनुमती मागे', ठाकुरले नागरिक न्युजसँग भने, 'त्यसपछि हामीले विमानस्थल पूर्णरुपमा बन्द गरेर जहाजलाई आकस्मिक अवतरण गरायौं, जहाज, चालकदल र यात्रु सबै सकुशल छन्।' उनका अनुसार दिउँसो ३:२९ मा क्याप्टेनले आकस्मिक अवतरणको अनुमति मागेका थिए। त्यसपछि ३:४० बजे जहाज अवतरण भयो। ३:५६ बजे विमानस्थल पुरै खुल्यो। अहिले निगमक यो जहाज ग्राउण्डेड छ। निगमका इन्जिनियरहरुले जहाजमा के समस्या आएको हो त्यसको खोजी गरिरहेको ठाकुरले बताए।

जहाजमा चालक दल सहित १६३ जना सवार थिए। निगमको यो जहाज आकस्मिक अवतरण गर्ने बेलामा फ्लाई दुवइको जहाज पनि अवतरण गर्नै लागेको थियो। तर विमानस्थलले त्यसलाई डाइभर्ट गरेर लखनउ पठाएको थियो। यहाँबाट उड्न ठिक परेको भुटान एयरलाइन्सको जहाजलाई केही बेर रोकाइएको थियो।

आइतबार पनि दुवईबाट आएको निगमको अर्को जहाज प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको थियो।

 

 

प्रकाशित: १० आश्विन २०७३ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App