१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छोटो समयमै छिटाे विकास गरेर देखाउँछौः प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई अब तीव्र रुपमा बढाइने बताएका छन्। सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै ओलीले छोटो समयमा छिटो विकास गर्ने बताएका हुन्।

‘विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’ 

ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको बताए । ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यदलले ल्याउने प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ।’ 

समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइने ओलीले बताए। ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ,’ उनले ‘अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस। 

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधव दाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववाला थापा,डा.विजयदत्त,डा. ध्रुवगौतम र डा.राजेश अहिराज छन्। 

 

प्रकाशित: १० मंसिर २०७५ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App