१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिमा बैंक १२ वर्षमा

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।

बैंकले काठमाडौंस्थित केन्द्रीय कार्यालय तथा पोखरा, बुटवल, म्याग्दी, नारायणगढ, विराटनगर, इटहरी र घोराही शाखामा  रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमबाट चार सय ३० युनिट रगत संकलन भएको छ।

बैंकको हाल काठमाडौंमा आठ शाखासहित देशभर ६६ शाखा र १५ एटिएम सञ्चालनमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० मंसिर २०७५ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App