१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको लाभांश र बोनस सेयर प्रस्ताव

काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को नाफा र सञ्चित रकम समेतबाट आफ्ना सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको ३०४औं बैठकले पाँच प्रतिशतको बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पुँजीआठ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ छ । उक्त चुक्ता पुँजीको पाँच प्रतिशत बराबरको ४२ करोड ३२ लाख १९ हजारको बोनस सेयर तथा कर प्रयोजनसहित ८.१६ प्रतिशत बराबरको ६९ करोड ६ लाख ९३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले परित गरेपछि सेयरधनीले पाउने छन्।

सिद्धार्थ बैंकले हाल देशभर तीन एक्सटेन्सन काउन्टरसहित एक सय २६ शाखा, ९९ शाखारहित बैंकिङ एकाइ, एक सय ३५ एटिम र हजारभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: १० मंसिर २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App