१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टी–२० महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

काठमाडौं – टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ। वेष्ट इण्डिजमा आइतबार बिहान भएको फाइनलमा इङ्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले चौंथो पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

यसअघि अष्ट्रेलिया सन् २०१०, २०१२ र २०१४ मा च्याम्पियन बनेको थियो। सन् २००९ मा पहिलो संस्करणको उपाधि जितेयता इङ्ल्याण्डले उपाधि जित्न सकेको छैन्।

टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो। अष्ट्रेलियाली बलरसामु खुलेर खेल्न नसकेको इङ्ल्याण्डले फितलो ब्याटिङ प्रदर्शन गरेको थियो।

इङ्ल्याण्डका लागि डेनील्ली वेटले सर्वाधिक ४३ रन बनाउँदा कप्तान हिथर नाइटले २५ रनको योगदान गरिन्।डेनील्लीले ३७ बलमा ५ चौंका र १ छक्का प्रहार गर्दा हिथरले २८ बलमा १ चौंका र १ छक्का हिर्काइन्। अन्य कुनै पनि खेलाडीले दोहोरो रनको आकडा छुन सकेनन्।

इङ्ल्याण्डलाई सस्तैमा समेटन अष्ट्रेलियाकी एस्लिज गार्डनेरले ३, मेगान स्यूट र ज्योर्गिन वेरह्यामले २–२ तथा पेर्रीले १ विकेट लिए। जवाफमा अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अष्ट्रेलियाको सहज जितमा एस्लिज गार्डनेरले सर्वाधिक ३३ रनको योगदान दिइन्। उनले २६ बलमा १ चौंका र ३ छक्का प्रहार गरिन।

त्यस्तै कप्तान कप्तान मेग लेनिनले ३० बलमा ३ चौंकाको मद्दतमा २८, ओपनर जोडी एल्सा हेलीले २२ तथा बेथ मोनीले १४ रन जोडिन्।  इङ्ल्याण्डका लागि सोफी र हेलीले एक–एक विकेट लिए। अष्ट्रेलियाकी हेली ‘प्लेयर अफ दि सिरिज’ घोषित भइन्।

प्रकाशित: ९ मंसिर २०७५ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App