१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना एथ्लेटिको मड्रिडसँग  १–१ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै दुवै टोलीले अंक बाडेका छन्।

एथ्लेटिकोको घरेलु मैदानमा शनिबार राति भएको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेले। ७७ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानको पासमा डियागो कोष्टाले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए। तर उसले आफ्नो अग्रता अन्तिम समयसम्म जोगाउँन सकेन।

९० औं मिनेटमा सफ्सिच्युट खेलाडी ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए। डेम्बेले ८० औं मिनेटमा मैदान प्रवेश गरेका थिए। खेलअवधिभर लियोनल मेस्सी र लुइस स्वारेजले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन्। बार्सिलोनाले खेलअवधिभर बललाई आफ्नो पक्षमा बढी राखेपनि अन्य गोल गर्न सकेन्।

बराबरीपछि पनि बार्सिलोना १३ खेलबाट २५ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। त्यस्तै एथ्लेटिको मड्रिड समान खेलबाट २४ अंकका साथ दोस्रो स्थानमा छ। राति नै भएका अन्य खेलमा भ्यालेन्सीयाले रायो भालेकानोलाई ३–० ले पराजित गर्दा ह्विस्का र लेभान्तेले २–२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित: ९ मंसिर २०७५ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App