१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीप दुर्घटनामा ९ जना घाइते, तीनकाे अवस्था गम्भीर

रुकुम - रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–२ विजयश्वरीमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। नगरपालिकाको सर्केनाबाट वडा नं. १ को चौरजहारी बजार तर्फ जाँदै गरेको रा १ ज ५३५ नम्बरको जीप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ।

दुर्घटनामा परी चौरजहारी नगरपालिका–४ की २५ वर्षीया रेवती भण्डारी, ५६ वर्षीया तुल्सीदेवी डिसी, ११ वर्षीया रेणु भण्डारी, ९ वर्षीय कुवेर केसी, साेही नगरपालिका–३ की २६ वर्षीया दिपा खत्री, २ की नेहा पोखरेल, त्रिवेणी गाउँपलिका–१० की २५ वर्षीया नविना खड्का, गाडी चालक सल्यान दार्मा गाउँपालिका–३ का २२ वर्षीय हिराबहादुर शाही र गाडी साहु भिमबहादुर कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। घाइते कुवेर, तुल्सीदेवी र त्रिपुरालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको चौरजहारी अस्पतालका डा.कालेब बुढाले जानकारी दिए। अन्यको अवस्था सामान्य रहेको छ। साँघुरो बाटो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो।  
 

प्रकाशित: ८ मंसिर २०७५ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App