१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा शेर्पाकाे उम्मेद्वारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुनेभएकोछ ।

एन्फाको चुनाव कात्तिक ८ मा हुँदैछ ।उपाध्यक्ष शेर्पाले आइतबार अन्तिम दिन एन्फा निर्वाचन समितिसमक्ष आफ्नो उम्मेदवारी दर्ता गराएपछि दुईबीच प्रतिस्पर्धा हुने पक्का भएको हो । अघिल्लो दिन कार्यवाहक अध्यक्ष श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए ।

उपाध्यक्ष पदका लागितीन जनाको उम्मेवारी परेको छ ।श्रेष्ठ प्यानलबाट सहमहासचिव मणि कुँवर, शेर्पाको प्यानलबाट पूर्व सदस्य दीपक खातीको उम्मेदवारी परेको छ  । त्यसअघि राष्ट्रिय टोलीका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष उपेन्द्रमान सिंहले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

यसअघि औपचारिकरूपमा अध्यक्ष पदमा उठ्ने घोषणा गरे पनि टासी घलेले एन्फाको विधानप्रति असन्तुष्टि जनाउँदै अन्तिममा उम्मेदवारी नदिने घोषणा गरेका थिए । उनले अध्यक्षको उम्मेदवार बन्न पाँच प्रस्तावक र पाँच समर्थक हुनुपर्ने प्रावधानलाईतानाशाहीको रूपमा अथ्र्याएका थिए । अध्यक्ष पदका लािग भित्रिरूपमा चुनावी अभियान थालेका नेपाल प्रहरीका विज्ञानराज शर्माले पनि अन्तिम दिन पनिउम्मेदवारी दर्ता नगराएपछि दुईपक्षीय भिडन्त हुने देखिएको छ ।

उम्मेदवारी दर्ताको अन्तिम दिन ब्यानर र दलबलसहित नारा लगाउँदै एन्फा पुगेका पुगेका शेर्पाले दोलखा, लमजुङ, इलाम, सुनसरी, धनुषा, दाङ, भोजपुर र बाग्लुङ जिल्ला फुटबल संघ तथा मछिन्द्र, टुसाल, हिमालयनशेर्पा र भगवती क्लबलाई आफ्नो प्रस्तावक बनाएका छन् ।

उनको उम्मेदवारीमा ताप्लेजुङ, पाँचथर, मोरङ, उदयपुर, रुपन्देही, पर्सा, कास्की, कन्चनपुर जिल्ला फुटबल संघ तथा सरस्वती, जावलाखेल र फ्रेन्ड्स क्लबले समर्थन जनाएका छन् ।

उम्मेदवारी दर्तापछि भएको पत्रकार सम्मेलनमा शेर्पाले फुटबलमा एउटा अध्याय समाप्त भएको र कात्तिक ८ बाट नयाँ अध्याय सुरुहुने दाबी गरे ।एन्फामा विद्रोही पक्षको नेतृत्व गर्दै आएका शेर्पाले एन्फामा आर्थिक अनुशासन, प्रशासनिक र नीतिगत पारदर्शिताका लागि आफ्नो उम्मेदवारी आएको बताए ।

‘फिफा र एएफसीले एउटा मार्गनिर्देशन दिइसकेकोछ । त्यसैले हामी यस्तो मोडमा आइपुगेका छौं जहाँ नेपाली फुटबलको एक अध्याय समाप्त भएको छ । कात्तिक ८ बाट नयाँ अध्याय सुरु हुन्छ,’ शेर्पाले भने, ‘आर्थिक पारदर्शिता नहुने हो भने कुनै पनि संस्था राम्रोसँग चल्न सक्दैन । त्यसैले मेरो उम्मेदवारी भनेको आर्थिक अनुशासन तथा नीतिगत र प्रशासनिक पारदर्शिताका लागि हो ।’

आफूले जिते सामूहिक नेतृत्वको विकास गर्ने बताउँदै शेर्पाले दिगो रूपमा अघि बढ्न ग्रासरुटबाटै फुटबलविकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘विकेन्द्रीकरण सिद्धान्तका आधारमा एन्फा सञ्चालन हुनुपर्छ । हरेक जिल्लामा ट्रेनिङ सेन्टर बनाउने मेरो योजना हो । ४५ वटै जिल्लामा फुटबल एकेडेमी निर्माण तथा क्लबहरूलाई स्थायिŒव प्रदान गर्नुपर्छ,’ शेर्पाले थपे, ‘यो धेरै कठिन काम पनि होइन, मात्र भएका स्रोतसाधनव्यवस्थापन गरिदिए पुग्छ ।’
कार्यक्रममा सहमहासचिव किरण राईले यो चुनावमा व्यक्तिभन्दा पनि आफूहरूले उठाएको मुद्दा हार्ने कि जित्ने भन्ने सवाल रहेको बताए । उनले शेर्पाबाट सबैले अपेक्षा गरेको भन्दै चुनौती पनि उत्तिकै रहेको बताए ।

‘लामो समयपछि लोकतान्त्रिक पद्धतिबाट चुनाव हुन लागिरहेकोछ । यसमा नेपाली फुटबलले जित्छ कि हार्छ भन्ने मुख्य सवाल हो । व्यक्तिभन्दा पनि हामीले उठाएका मुद्दा हार्छ कि जित्छ भन्ने महŒवपूर्ण पक्ष हो,’ राईले भने, ‘संस्थाभित्रको विसंगतिविरुद्ध आवाज उठाएकाले पनि उहाँ(कर्माछिरिङ शेर्पा) बाट धेरैले आशा गरेका छन् । जितेपछि सबैको अपेक्षा पूरा गर्नु उहाँसामु अर्को चुनौती छ ।’
 

प्रकाशित: १० आश्विन २०७३ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App