१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओबामाद्वारा अफ्रिकी अमेरिकी सङ्ग्रहालयको उद्घाटन

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको सङ्ग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गरेका छन् ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ओबामाले उद्घाटन गरेको सो सङ्ग्रहालयले अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृतिलाई झल्काउने बताइएको छ । उक्त सङ्ग्रहालय भवन वासिङगन नेसनल मलको परिसरमा झन्डै ३७ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ ।
यद्यपी सङ्ग्रहालयको उदघाटन कार्यक्रममा राष्ट्रपति ओबामाले यो सङ्ग्रहालय सिङ्गो अमेरिकाको इतिहासबाट छुट्याएर अफ्रिकी अमेरिकीको मात्रै ईतिहास झल्कने बनाउन नखोजिएको प्रष्ट गारेकाछन् ।

ओबाामाले भने “यो अमेरिकाको कुनै भाग मात्रै होइन , यो अमेरिकाको इतिहास मै केन्द्रीत छ,  देशलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन हामीले हुर्किँदै सिक्दै धेरै मेहनेत लगानी गरेको छौं, यो नै अमेरिकीको इतिहास हो, यो सबै यस सङ्ग्रहालयले भन्छ,” ।

ओबामाले उद्घाटनकै क्रममा यो विश्व समूदायकै लागि खुल्ला भएको घोषणा गरे ।सङ्ग्रहालयले मात्रै अहिलेसम्म कायम विभेद हटाउन नसक्नेमा जोड दिँदै ओबामाले अझैपनि यस बारेमा बहस गरिरहनु आवश्यक रहेको बताए । उदघाटन समारोहमा ओबामा र पूर्वराष्ट्रपति जर्ज डब्लु बुस पनि सहभागी  थिए । बुसले सन् २००३ मा उक्त सङ्ग्रहालय निर्माणसम्बन्धी कानुनमा हस्ताक्षर गरेकाथिए ।

अफ्रिकाबाट दास किन्न प्रयोग गरिएका व्यापारिक वस्तु, सन् १९२० ताका श्वेत र अश्वेतका लागि छुट्टाछुट्टै बस्ने स्थान भएको रेलका डिब्बालगायतका सामग्रीहरु सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा करिब ३६ हजार सामग्रीहरु रहेको अधिकारीले बताएका छन् । रासस/एएफपी

 

प्रकाशित: १० आश्विन २०७३ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App