१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जेष्ठ खेलाडीलार्इ सम्मान गरिने

काठमाडौं– मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका जेष्ठ खेलाडीलाई सम्मान गर्ने भएको छ ।

विश्व जेष्ठ नागरिक दिवसको अवसर पारेर मंगलबार १ सय ५० भन्दा बढी खेलाडीलाई सम्मान गर्ने एकेडेमीले जनाएको छ । पूर्व खेलाडीको सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष एवं सभासद विनोद श्रेष्ठले बताए ।

उनले भने, ‘देशका लागि अन्तर्राष्ट्रिय स्तरमा योगदान दिएका व्यक्तिको सम्मान राज्यले गर्नुपर्छ । विगतमा खेलक्षेत्रमा लाग्न पक्कै पनि सहज थिएन । कुलिन वर्गका मानिसले मात्र खेलकुदमा भाग लिने गर्थे । यद्यपि थुप्रै नेपालीले खेलकुदको माध्यमबाट देशमा परिवर्तनका लागि योगदान गरेका छन् । उहाँहरूको योगदानको कदर गर्न पनि सम्मान कार्यक्रम गर्न लागेका हौं ।’

जेष्ठ खेलाडीलाई पूर्व प्रधानमन्त्री एवंएमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्ने कार्यक्रम छ । सम्मान कार्यक्रममा ७० देखि ९० वर्षसम्मका जेष्ठ खेलाडी रहने आयोजकले जनाएको छ । एकेडेमीले पोखरा, धरान, बाँके, विराटनगर, कञ्चनपुर लगायतको विभिन्न स्थानबाट खेलाडीको नाम संकलन गरेको श्रेष्ठले बताए । सम्मान कार्यक्रममा स्वास्थ्यको कारण सम्मान कार्यक्रममा भाग लिन नसक्ने व्यक्तिलाई घरमै गएर एकेडेमी टोलीले सम्मानपत्र प्रदान गर्ने जनाइएको छ ।

७ वर्षअघि स्थापित मदन भण्डारी स्पोर्टस एकेडेमीले भलिबल, फुटबल, जिम्न्यास्टिक, बास्केटबल, ब्याडमिन्टन लगायतका विभिन्न खेलको राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।

अध्यक्ष श्रेष्ठले खेलाडीको नामवली संकलन गर्ने क्रममा थुप्रै रोचक घटनाको जानकारी बटुलेको बताए ।

उनले भने, ‘सम्मान कार्यक्रमको तयारी गर्दा केही कठिनाइ भए । तर जब हामी खेलाडीको व्यक्तिगत विवरण संकलनमा लाग्यो । जेष्ठ खेलाडीले गरेको योगदान र उपलब्धि सुन्दा हामीले गौरव महसुस गरेका छौं ।

उहाँहरूको अनुभव र सफलता नेपाली खेलकुदका लागिमार्गदर्शन बन्नसक्छ । नयाँ पुस्तालाई सिकाइ र प्रेरणा बन्नेछ ।’

प्रकाशित: १० आश्विन २०७३ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App