१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वनले छोड्यो, प्रहरीले समात्यो

सुर्खेत– स्थानीयहरुको निरन्तरको खबरपछि बराहताल सव–डिभिजन कार्यालयको टोलीले गत सोमबार तरंगाबाट साढे तीन सय क्यूफिट सालको काठ बरामद ग-यो। दुई वटा सामुदायिक र राष्ट्रिय वनमा लाखौंका काठहरु काटिएको सूचना वनसँग भएपनि टोली त्यहाँसम्म पुगेन्। एक ठेकेदारले घाटगद्दी गरेर राखेको ठाउँबाट चार वटा गोलिया र बाँकी काठ गाउँ नजिकैको वनमाराको जंगलबाट बरामद गरेर टोली फर्कियो।

बिहीबार त्यहीँ ठाउँबाट कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष ब्यूरोले ५७ क्यूफिट चिरान काठ बरामद ग¥यो। स्थानीयकै सूचनाका आधारमा तरंगा पुगेको व्यूरोको टोलीले उक्त चिरान काठ बरामद गरेको थियो। ‘वनले नदेखेझै गरेर छोडेको उक्त काठ प्रहरीले बरामद गरेको हो’ स्थानीय भन्छन्, ‘वनले लुकाउन खोजेको थियो, प्रहरीले फेला पा¥यो।’

बरामद गरिएको सालको चिरान काठमा स्थानीय बत्तीसे सामुदायिक वनको टाँचा हानिएको छ। चालू आर्थिक वर्षमा जिल्ला वनले समुदायमा आन्तरिक खपतका लागि सुर्खेतका कुनै पनि सामुदायिक वनलाई रुख काट्ने स्वीकृति दिएको छैन्। यस्तोमा सामुदायिक वनको टाँचा हानिएको काठ बरामद हुनु झन शंकास्पद देखिन्छ। ‘चालू आर्थिक वर्षमै रुख कटान गरेर गोलिया निकालिएको देखिन्छ’, डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले भने, ‘आजका मितिसम्म कुनै पनि सामुदायिक वनलाई आन्तरिक खपतका लागि स्वीकृति लिइएको छैन्।’ 

चिरान काठमा एसयूआर–पिए–१६÷११ छ। यो बत्तिसे सामुदायिक वनको टाँचा हो। ‘समुदायको टाँचा भएपनि यो दुई नम्वरी काठ हो’ बराहताल गाउँपालिका–४ का वडा अध्यक्ष टेकबहादुर कठायतले भने, ‘बैधानिक भए घरमा हुन्थ्यो, दुई नम्वरी भएकाले बनमाराको झाडीमा लुकाएको अवस्थामा भेटिएको हो।’ उनले आफ्नो वडाबाट यसअघिसम्म गोलियाहरु मात्रै चोरी निकासी हुने गरेकोमा चिरान काठ बरामद भएको पहिलो घटना भएको बताए। ‘अबैद्य काठमा सामुदायिक वनले पनि टाँचा नलगाउनुपर्ने हो’ वडा अध्यक्ष कठायतले भने, ‘अब छानविनपछि सत्य कुरा बाहिर आउला।’

बत्तिसे सामुदायिक वनका अध्यक्ष गोरख कठायत तस्करले नै नक्कली टाँचा बनाएर प्रयोग गरेको बताउँछन्। ‘हाम्रो सामुदायिक वनभित्र छ वटा सालका रुखहरु काटिएका छन्’ उनले भने, ‘प्रहरीले बरामद गरेको काठपनि हाम्रै सामुदायिक वनभित्र हो, तर टाँचा हामीहरुको होइन्।’ उनले आन्तरिक खपताका लागि सामुदायिक वनले काठ नकाटेको पनि बताए। 

डिभिजन वन कार्यालय भेरीका प्रमुख अजित कर्ण प्रहरीले बरामद गरेको काठमा समूहको टाँचा लगाइएकाले अहिले नै बोल्न हतार हुने बताउँछन्। ‘प्रहरीले बरामद गरेको काठमा समूहको टाँचा छ, यस्तो काठ समुहका सदस्यहरुलाई सामुदायिक वनले दिने गर्छ’ उनले भने, ‘पहिले छानविन गरेर मात्रै यथार्थ कुरा बताउन सकिन्छ।’ उनले बरामद भएको काठमा प्रयोग गरिएको टाँचा र समूहसँग यसबारेमा बुझने बताए।

कर्णले गत सोमबार बरामद भएको कोठका विषयमा पनि अनुसन्धान भइनसकेको बताए। ‘सुर्खेतमा दुई वडा डिभिजन कार्यालय रहेकाले कार्यालय व्यवस्थापनमै हामी व्यस्त भयौं, अनुसन्धान अधिकारी तोकेपनि फिल्डमा गएर काम गर्न सकिएको छैन्’ उनले भने, ‘अब चाँडै घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघाडी बढाउँछौं।’

स्थानीयहरु वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीसहितको त्रिपक्षीय मिलेमत्तोमा तरंगाबाट काठ तस्करी हुने गरेको बताउँछन्। ‘सदरमुकामबाट टाढा हुनुका साथै यहाँसम्म पुग्न यातायातको सहज पहुँच छैन्’ एक स्थानीयले भने, ‘वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमत्तोमा वन फडानी र तस्करी हुने गरेको छ।’

प्रकाशित: ७ मंसिर २०७५ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App