१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन आवश्यक छैन: कोइराला

विराटनगर–नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तत्काल संविधान संशोधनको कुनै आबश्यकता नभएको बताएकी छन्। सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले संशोधन आवश्यक नरहेको बताएकी हुन्।

पार्टी नेतृत्वले संविधान संशोधनमा भइरहेको प्रयासमा सहमति गरे संशोधनको विपक्षमा मतदान गर्ने कोइरालाले स्पष्ट पारिन्। उनले भनिन्, ‘राष्ट्रिय हित विपरित संविधान संशोधनको प्रयास गरिए कांग्रेसका अधिकांश संसदले विपक्षमा मतदान गर्छौं।’ हाल कायम गरिएको ७ प्रदेशको खाका कार्यान्वयनमा नगइ प्रदेश सीमाना  हेरफेरले लामो समयसम्म संविधान कार्यान्वयनमा अबरोध खडा गर्ने कोइरालाको धारणा छ।

उनले भनिन्, ‘संविधानमा भएको व्यवस्था अनुसार प्रदेशको अनुभव नै नगरी अहिलै सीमाना हेरफेर गर्न जरुरी छैन।’ पहिले संविधानअनुसार ७ प्रदेशलाई कार्यान्वयनमा ल्याउनु पर्ने त्यपछि सीमाना हेरफेर गर्नु पर्ने देखिएमा हेरफेर गर्नसकिने उनको धारणा छ।

संविधानमा व्यवस्था भएको सातप्रदेश कार्यान्वयनमा नआइ सीमाना चलाउ“दा संघीय शासन कहिले कार्यान्वयनमा नआउने र संविधान कमजोर हुने  उनले बताइन्। उनले का“ग्रेसको अहिलेको नेतृत्व असाध्यै कमजोर भएकाले पार्टीलाई संगठित र बलियो बनाएर लैजान नसकिरहेको गुनासो गरिन्।

 

प्रकाशित: १० आश्विन २०७३ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App