१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक आतुर

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ। 

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा राजदूत एलिजावेथ भानक्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो। 

छलफलका क्रममा उक्त टोलीले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीको बारेमा जिज्ञासा राखेको थियो। 

जवाफमा मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडि सारेका योजना, काम लगायतका बारेमा जानकारी गराएका थिए। उनले प्रदेश सरकारले कानुन निर्माणलाई तिब्रता दिएको र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए।

संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दे अगाडि बढिरहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश १ को विशेषता र सम्भावनाका बारेमा अवगत गराएका थिए।

राजदूत क्यापलरले नेपालले हासिल गरेको उपलब्धि संसारका लागि उदाहरणीय रहेको  भन्दै छलफलबाट प्रदेशको भूमिका बुझ्न पाइएको अवसर मिलेको बताइन्। प्रदेशको विकासका लागि आवश्यक सहयोग गर्न स्वीटजरल्याण्ड तयार रहेको उनको भनाई छ।

विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए। ‘संघीय सरकारको अनुमतिमा अहिले हामी सबै प्रदेश सरकारसँग छलफल गरिरहेका छौं’, उनले भने, ‘प्रशासनिक र संरचनागत हिसाबले हामी सहयोग गर्छाैं।’

‘हामीले लामो समयदेखि एकात्मक संरचनामा रहेको व्यवस्थामा काम ग-यौं’, डिएफआइीका नेपाल प्रमुख मार्सदेनले भने, ‘नेपाल नयाँ संरचनामा गएसँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं।’ प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर सहकार्य गर्न सकिने उनको भनाई थियो।

प्रकाशित: ७ मंसिर २०७५ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App