१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला टी–२० विश्वकप : उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने

काठमाडौं – महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन्। शुक्रबार बिहान भएको सेमिफाइनलमा इङ्ल्याण्डले भारतलाई हरायो भने अष्ट्रेलियाले वेष्ट इण्डिजलाई पाखा लगाएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत १९.३ ओभरमा ११२ रनमा अलआउट भयो। भारतका लागि स्मृति मन्दानाले सर्वाधिक ३४ रनको योगदान दिइन। उनले २३ बलमा ५ चौंका र १ छक्का प्रहार गरिन। त्यस्तै जेमिमा रोद्रिगुइजले २६ बलमा २६, कप्तान हरप्रित कौरले १६ र तानिया भाटियाले ११ रन बनाउनु बाहेक अरु कसैले पनि दोहोरो रन बनाउन सकेनन्।

राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेपनि त्यसपछि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले सामान्य स्कोरमा खुम्चियो। भारतलाई सस्तैमा समेटन इङ्ल्याण्डकी हिथर नाइटले ३ तथा क्रिस्टि गोरडोन र सोफिले समान २–२ विकेट लिए।

जवाफमा खराव सुरुवात गरेपनि इङ्ल्याण्डले १७.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ४ रनमा पहिलो विकेट गुमाएको इङ्ल्याण्डले २४ रनमा दोस्रो विकेट खेर फालेको थियो। तर त्यसपछि एमी जोन्स र नाटेली सिभेर दुवैले अर्धशतक बनाउँदा इङ्ल्याण्डले सहज जित हात पारेको हो। एमीले ५३ रन बनाउँदा नाटेलीले ५२ रनको योगदान दिए। ४७ बलको सामना गरेकी एमीले ३ चौंका र १ छक्का प्रहार गर्दा नाटेलीले ३८ बलमा ५ चौंका प्रहार गरिन। बलिङतर्फ भारतकी दिप्ती शर्मा र राधा यादवले एक–एक विकेट लिए।

यसअधि भएको पहिलो सेमिफाइनल खेलमा वेष्ट इण्डिजलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया फाइनल प्रवेश गरेको थियो। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। अष्ट्रेलियाका लागि एलिसा हेलीले सर्वाधिक ४६ रनको योगदान दिइन्। उनले ३८ बलमा ४ चौंका र १ छक्का प्रहार गरिन्। त्यस्तै कप्तान मेग लानीङले ३९ बलमा ३१, रिचेल हानेसले २५ र गार्डनरले १४ रन बनाइन।

जवाफमा १४३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १७.३ ओभरमा मात्र ७१ रनमा समेटियो। वेष्ट इण्डिजका लागि कप्तान स्टेफानी टेलरले सर्वाधिक १६ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रन बनाउँन सकेनन।  वेष्ट इण्डिजलाई सस्तैमा समेटन अष्ट्रेलियाका लागिएलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले समान २–२ विकेट लिए।

प्रकाशित: ७ मंसिर २०७५ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App