१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रतिबन्धित क्यानलाई एसिसीको हरियो झन्डा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट प्रतिबन्धित चतुरबहादुर चन्द नेतृत्वको नेपाल क्रिकेट संघ (क्यान) एसियन क्रिकेट काउन्सिल (एसिसी) को वार्षिक साधारणसभामा सहभागी भएको छ।

बिहीबार क्यानले गत मंसिर १ गते लाहोरमा भएको साधारणसभाका लागि एसिसीकै निमन्त्रणामा आफ्ना महासचिव अशोकनाथ प्याकुरेलले सहभागिता जनाएको विज्ञप्तिमार्फ उल्लेख गरेको थियो। आइसिसीले क्यानलाई प्रतिबन्धित गरे पनि एसिसीले भने चन्द नेतृत्वको संघलाई आफ्ना कार्यक्रममा सहभागी गराउँदै आएको छ।

एसिसीले यसअघि सन् २०१६ को अगस्टमा श्रीलंकामा भएको साधारणसभामा पनि क्यानलाई  प्रतिबन्धित अवस्थामै निमन्त्रणा दिएको थियो। त्यसअघि २६ अप्रिलमा आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाइसकेको थियो। तर, एसिसीले भने चन्द पक्षको क्यानलाई आफ्नो कार्यक्रममा सहभागी गराएर आइसिसीलाई एक किसिमको चुनौतीसमेत दिएको थियो।

त्यसअघि आइसिसीले नै आफ्नो विधान पालना नगरेको भन्दै एसिसीलाई ३ वर्षसम्म काम गर्न दिएको थिएन। तर, त्यसको पर्वाह नगरी एसिसीले आफू पनि स्वतन्त्र निकाय भएको क्यानको निमन्त्रणामार्फत घुमाउरो सन्देश दिएको थियो। यस पटक पनि लाहोरमा निमन्त्रणा गर्दै एसिसीले चन्द पक्षको समर्थनलाई यथावत् राखेको छ।

 यस पटक पनि लाहोरमा निमन्त्रणा गर्दै एसिसीले चन्द पक्षको समर्थनलाई यथावत् राखेको छ।

सन् २०१७ मा मलेसियामा भएको यु–१९ एसिसी ट्रफीका लागि सुरुआतमा चन्द पक्षलाई छनोट गराउन र आर्थिक सहयोग गर्न तत्पर रहेको एसिसीले उल्लेख गरेको थियो। तर, पछि नेपालबाटै अर्को पक्षले पत्र पठाएपछि एसिसी यो निर्णयबाट पछि हटेको थियो।

साधारणसभामा भने एसिसीले चन्द पक्षलाई नै दोस्रो पटक निमन्त्रणा गर्यो। लाहोरमा भएको साधारणसभाबाट बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन एसिसी अध्यक्ष र इमरान ख्वाजा उपाध्यक्षमा दुई वर्षका लागि चयन भए। आइसिसीकै प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेभ रिचार्डसनकै रोवहरमा एसिसीले नयाँ नेतृत्व चयन गरेको थियो।

चन्द नेतृत्वकै क्यानले पनि साधारणसभामा आइसिसीकै विधानबाट अगाडि बढिरहेकाले छिट्टै क्यानमाथिको प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। पछिल्ला समयमा आइसिसीकै पहलमा नेपाली क्रिकेट विवाद सामधानको बाटोतर्फ अगाडि बढिरहेको छ।

आइसिसी सल्लाहकार समितिकै प्रस्तावित विधान चन्द पक्षले साधारणसभाबाट पारित गरिसकेको छ। आइसिसीकै पत्रअनुरूप आफूले दायर गरेको मुद्दा फिर्ता लिन चन्द पक्ष सहमत भएपछि क्यानमाथिको प्रतिबन्ध फुकुवा हुने आशा पलाएको छ। केही दिनपछि आइसिसीका प्रतिनिधि नेपाल आउँदै छन्।

आइसिसीका अमर शेख, नीतिन कोठारी र मोहम्मद अली अस्लम नेपाल आउँदै छन्। आइसिसीका तीन प्रतिनिधिसहित ठाकुरप्रताप थापा र लेखबहादुर क्षत्रीको समितिले नेपाली क्रिकेटको पछिल्ला अवस्थाबारे मूल्याङ्कन गर्दै आइसिसीसमक्ष प्रतिवेदन पेस गर्नेछ। सोही स्वतन्त्र कमिटीले ३७ जिल्लामा सम्पन्न भएको चुनावको प्रतिवेदनमाथि छानबिन गर्दै छ।

३७ जिल्लाले नेपालका लागि आइसिसीका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठलाई निर्वाचन प्रतिवेदन पठाइसकेको स्रोतले जनाएको छ। दुई जिल्ला भक्तपुर र ललितपुरमा निर्वाचन गराउनेछ। प्रदेश र क्यानको निर्वाचनपछि भने यो कमिटी भंग हुनेछ।   

प्रकाशित: ७ मंसिर २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App