१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘ड्रिम गर्ल’सँग ‘कोइला’

काठमाडौं – अघिल्लो साता तीन फिल्म रिलिज भइरहँदा यो साता दुई फिल्म ‘ड्रिम गर्ल’ र ‘कोइला’ रिलिज हुँदैछ। प्रेमकथाको फिल्म ‘ड्रिम गर्ल’मा ऋषिराज आचार्यको निर्देशन र एक्सन फ्लेबरको फिल्म ‘कोइला’मा गजेन्द्र रञ्जितको निर्देशन छ।

ऋषिकै लेखन र निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पुजा पराजुली, निर्मल शर्मा ‘गैडा’, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको अभिनय छ।

निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल निर्माता रहेको फिल्ममा गम्भीर विष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र राहुल राई तथा रामेश्वर हुमागाईको छायांकन छ। आरबि मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसँगको सहकार्यमा निर्माण गरेको फिल्म काठमाडौं, मुस्ताङ र थाइल्याण्डमा खिचिएको हो।

नायक प्रज्वल गिरीले निर्माण गरेको फिल्ममा प्रज्वल गिरी, सोनिया गिरी, ममता खड्का, ध्रुब कोइराला, किरण थापा,कालु राणा,देव नेपाल, रामचन्द्र अधिकारी, सुरज पराजुली, दीपेन्द्र कोईराला, पुजा रिजाल, रमन विन्दास, अभिषेक गिरीको अभिनय छ। आरोही फिल्मस्को ब्यानरमा बिजे शर्माले निर्माण गरेको फिल्ममा सुदिप आत्रेयको कथा, मदनकश्यप घिमिरेको छायांकन छ।

प्रकाशित: ७ मंसिर २०७५ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App