१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा एकको मृत्यु,१५ घाईते

बर्दिया- बस दुर्घटना हुँदा बिहीबार एकजनाको मृत्यु भएको छ। गुलरियादेखि गेरुवा गाउँपालिका लागि छुटेका ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए। दुर्घटनामा १५ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। घाईतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ।

 

प्रकाशित: ६ मंसिर २०७५ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App