१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै नेकपाको सचिवालय बैठक बस्न लागेको हो। बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाद र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन।

प्रकाशित: ६ मंसिर २०७५ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App