१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक ९ गते

काठमाडौं – नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी शीर्ष नेताहरुको अनौपचारीक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ। साथै केन्द्रीय सदस्यहरुलाई दुई दिन अध्ययनका लागि समय दिएर १२ गतेबाट मस्यौदामाथि सदस्यहरुको राय लिने कांग्रेसको तयारी छ।

केन्द्रीय सदस्यहरुको सुझावसहित केन्द्रीय समितिले पारित गर्ने विधान संशोधन प्रस्तावलाई मंसिर २८ देखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेस हुनेछ। महासमिति बैठकले विधान संशोधनको प्रस्ताव पारित भए कांग्रेसमा नयाँ संविधानको व्यवस्थासहितको नयाँ सांगठनीक संरचना विधानतः निर्माण हुनेछ।

त्यसै महासमिति बैठकमा पेस हुने राजनीतिक, आर्थिकसहितका विभिन्न प्रस्तावहरु केन्द्रीय समिति बैठकमा पेस हुनेछ। सदस्यहरुको रायसहित पारित सबै प्रस्ताव महासमितिमा पेस हुनेछ।

कंग्रेसले मंसिर २१भित्र महासमिति बैठकमा पेस हुने राजनीतिक, आर्थिक, सांगठनीक, विधान मस्यौदासहितका प्रस्ताव पारित गरीसक्ने तयारी गरेको छ।

सबै प्रस्तावहरु छाप्नका लागि झन्डै एक साता समय लाग्ने जानाउँदै कांग्रेसले मंसिर १२ देखि कम्तीमा १८गतेसम्म निरन्तर प्रस्तावमाथि छलफल राख्न लागेको हो। रामचन्द्र पौडेलसहितका पार्टी नेताको उपत्यका बाहिरका कार्यक्रमहरु स्थगीत गर्न र छलफलमा सहभागि हुन सभापति शेरबहादुर देउवासहितका नेताहरुले बुधबार आग्रह गरेका छन्। निरन्तर केन्द्रीय समिति बस्न नसके फेरि पनि महासमिति बैठक सम्पन्न गर्न कठिन हुने देउवाको तर्क छ।

प्रकाशित: ६ मंसिर २०७५ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App