१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले पार्टीलाई विधान विपरीत चलाए : नेता सिंह

फाइल तस्बिर

रुपन्देही - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन्। विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए। अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनकाे भनार्इ छ। नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप समेत लगाए। रासस

प्रकाशित: ५ मंसिर २०७५ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App