१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकासहित मुलुकभर चिसो बढ्यो

काठमाडौं – काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकामा मङ्गलबार ८ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ। लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ। पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ। केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।  (रासस)

प्रकाशित: ५ मंसिर २०७५ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App