१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला साफ च्यामिपयनसिप नेपालमा हुने

काठमाडौं  – श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि अनिश्चित बनेको प्रतियोगिता नेपालमा हुने भएको छ।

प्रतियोगिताको मिति साफले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यसअघि पुस २ गतेबाट सुरु हुने गरी साफले खेलतालिका सार्वजनिक गरेको थियो । तर आयोजनाको जिम्मा लिएको श्रीलंककाले प्रतियोगिता आयोजना नगर्ने भन्दै साफलाई जबाफ दिएको थियो।

साफलले जारी गरेको नयाँ मितिअनुसार नेपालमा हुने साफ च्याम्पीयनसिप आगामी फागुन २७ बाट चैत ७ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा आयोजना हुने लागेको यो प्रतियोगिता काठमाडौंभन्दा बाहिर हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

‘प्रतियोगिता आयोजना गर्न हामीलाई औपचारिक प्रस्ताव आएको छ, यो संस्करण हामीले काठमाडौंमा नभई उपत्यकाभन्दा बाहिर आयोजना गर्ने योजनामा छौं,’ प्रवक्ता राईले भने, ‘विराटनगरको सहिद रंगशालाको सम्भावना बलियो छ । यद्यपि हामी कहाँ गर्दा उपयुक्त हुन्छ भन्ने अध्ययनको क्रममा छौं।’

प्रकाशित: ५ मंसिर २०७५ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App