१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मंसिरबाट सरेर माघमा ‘दि कर्मा’

काठमाडौं – फिल्म ‘दि कर्मा’ निर्माण समूहले विशेष कारण देखाउँदै पूर्व निर्धारित मंसिर ७ गते फिल्म रिलिजको मितिलाई माघ ४ गते पु-याएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनाको कथा प्रस्तुत गरिएको फिल्म रिलिजको संघारमा आइपुग्दा माघमा सरेको हो।

फिल्मका निर्माता जयराज रायले फिल्मको रिलिज मिति विशेष कारणले सार्नुपरेको बताए । उनले कारण के हो भन्ने खुलाएनन् । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा भारतीय मोडल तथा कलाकार करण बर्मा, नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको अभिनय छ।

जय मिडिया म्यानेजमेन्टको ब्यानरमा निशा खतिवडाले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रायको कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद छ।

प्रकाशित: ४ मंसिर २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App