१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोइरालाहरूको एकताले पार्टीलाई फाइदा : देउवा

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन कोइरालाको एकताले पार्टीलाई फाइदा पुगेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले तीन कोइराला एक हुँदा पार्टीलाई फाइदा पुगेको बताएका हुन्। देउवाले पार्टी भित्रका गुट उपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने दाबी पनि गरे। देउवाले भने, ‘अब, पार्टीलाई  एक ढीका बनाएर अघि बढाउँछौं।’ 

नेविसंघको विरोधका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा देउवाले प्रजातान्त्रिक पार्टी भएकाले विचार विमर्श छलफल र विरोध स्वभाविक भएको बताए। ‘पार्टीभित्र चित्त नबुझेको विषयमा बिरोध गर्नुलाई स्वभाविक लिनुपर्छ’, देउवाले भने। उनले प्रजातान्त्रिक पद्धति र विधि अनुरुप नै पार्टी अघि बढेको पनि स्पष्ट पारे। पार्टीभित्रको आन्तरिक विरोधलाई लिएर कांग्रेस अराजक भयो भन्न नमिल्ने देउवाको तर्क छ। उनले विगतमा पार्टीमा चित्त नबुझेको कुरालाई राख्न नपाउने अवस्था आफू पार्टी  सभापति भएपछि अन्त्य भएको धारणा राखे। देउवाले पार्टी अधिवेशन समयमै हुने दाबी पनि गरे। 

उनले वर्तमान सरकारले जन चाहना अनुसार काम गर्न नसकेको मात्रै हैन लोकतन्त्रलाई धरापमा पार्ने प्रयत्नमा लागिरहेको आरोप पनि लगाए। उनले भने, ‘यो सरकार जनचाहना सम्बोधन गर्न नभई लोकतन्त्रलाई धराप पार्न  प्रयत्नशील छ।’

प्रकाशित: ३ मंसिर २०७५ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App