१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘कर्मचारीको बानी बदल्नु महाभारतको लडाईजस्तै भैरहेको छ’

काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कर्मचारीको बानी सुधार गर्नुपर्नेमा जोड दिएका छन्। 

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहे पनि स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावी घोषणा अनुसारको काम गर्न नसकिएको बताए। 

‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८/२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं’, उनले भने। 

मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमा समेत अघि रहेको जिकिर गरे। उनले भने, ‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो। यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं।’ उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तिव्र गतिमा अघि बढाइएको पनि विश्वास दिलाए। 

नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले बताए। साथसाथै सिसिटीभी जडानको कामलाई पनि तिव्रताका साथ सम्पन्न गरिने उनको भनाई छ।

प्रकाशित: ३ मंसिर २०७५ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App