१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपचारमा लापरबाही गर्दा सर्वसाधारण पीडित

बर्दिया- तपाई लाग्छ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन संञ्चालित पोलिक्लिनिकले सर्वसाधरणलाई सहज  भएको छ। जताततै खुलेका पोलिक्लिनिकले कानुनी बैधतामा विशेषज्ञ चिकित्सक सेवा दिईरहेका छन्। त्यसो भए तपाई भ्रममा हुनुहुन्छ। सर्वसाधरणलाई स्वास्थ्य सेवा दिने नाममा सञ्चालित नाफा मूलक संस्थाले सर्वसाधरणको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको वर्दियामा फेला परेको छ। ग्रामीण क्षेत्रमा संचालित यस्ता पोलिक्लिनले सर्वसाधरणको किर्ते उपचार गरी स्वास्थ्यमा चरम लापरबाही गरिरहेको तथ्य सार्वजनिक भएको छ। बारवर्दिया नगरपालिकाको कतरनियामा संञ्चालित बबई पोलिक्लिनिकले किर्ते उपचार गरी सर्वसाधरण अंगभंग गरेर लाखौँ रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको हो। बारबर्दिया नगरपालिकामा संचालित बबई पोलिक्लिनिकमा उपचार गराउन पुगेका ३० भन्दा बढी सर्वसाधरणको अंगभंग भएको छ भने उनीहरुवाट संचालकले लाखौं रुपैयाँ किर्ते उपचार गरेर ठगी गरेको खुलासा भएको छ।

वारबर्दियाकी शान्ति चौधरीको भाँच्चिएको हातले काम गर्न नसक्दा  उनको अवस्था गम्भीर बन्यो। उनी  नजिकको बारबर्दिया नगरपालिकाको कतर्नियास्थित बबई पोलिक्लिनिक उपचारको लागि पुगिन। उनको हातको पलास्टर पोलिक्लिनिकका स्वयमसेवकले गरी दिए। हात दुख्ने समस्या भएपछि पटक पटक उपचारका लागि पुगेकी उनले ६० हजार बबई पोलिक्लिनिकमा बुझाईन। तर,उनको रोग सन्चो भएन,उल्टै बल्झियो।

डेढ महिनासम्म पनि उनको हात सोझिएन।  थप उपचारको लागि नेपालगंज पुग्दा पनि उनको हात सामान्य अवस्थामा फर्केको छैन। उनी एक प्रतिनिधि पात्र मात्र हुन। उनी जस्तै गरी उपचार पाउने आशामा उक्त पोलिक्लिनिक पुग्ने अधिकांश विरामीलाई अदक्ष चिकित्सकले किर्ते उपचार गर्दा दुःख पाउन परेको छ। उपचार गरिदिने भन्दै  पोलिक्लिनिकमा पुगेका स्थानीय १० वर्षिय विद्यार्थी समिर बिकको लेख्न सक्दैनन्। ४ वर्ष देखि ५१ वर्ष उमेर सम्मका दर्जन भन्दा बढी बिरामीको  अहिले अबस्था गम्भिर छ। आईतबार जिल्ला अस्पतालमा पुगेका अधिकांश बिरामीको हड्डी डिसलोकेट भएको कारण हात,खुट्टा सुक्ने र बांगिएको देखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाउँमा सञ्चालन भएका उक्त स्वास्थ्य संस्थाले  अदक्ष कामदारको भरमा सर्वसाधरण उपचार गरिदिँदा समस्या भएको हो। बबई पोलिक्लिनिको बैधतामा समेत प्रहरीले प्रश्न उठाएको छ। किर्ते उपचारबाट पीडित भएका बिरामी त्यसबाट आउनसक्ने जोखिमबारे ख्याल नगरेको र जोखिम देखिएपछि उपचारमा चासो पनि नदिने गरेको सर्वसाधराणको आरोप छ। उपचारको क्रममा लापरबाही गरेकाले पीडित बिरामीलाई क्षतिपूर्ती र दोषीलाई कारबाहीको स्थानीयले  माग गरेको समाजसेवी देवेन्द्र विष्टले वताए।’ ‘पीडित परिवार अधिकांश बिपन्न बर्गका छन्’ उनले भने,‘साँझ र बिहान खानको जोहो गर्न समस्या छ, पीडित परिवारलाई राज्यले क्षतिपुर्ती र दोषीलाई कानुनी दायरामा ल्याउन पर्छ।’

गोप्य सूचनाको आधारमा उपचारमा लापरबाही गरेको र मापदण्ड विपरीत स्वास्थ्य संचालन गर्ने आरोपमा संचालक तथा प्रबन्ध निर्देशक खिमलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र मैनालीले बताए। ‘प्रहरी अहिले पनि अनुसन्धानको क्रममा छ’उनले भने,‘अनुसन्धान गर्ने क्रममा तथ्य संकलन पनि भईरहेको छ।’ उनका अनुसार उपचारमा लापरबाही गरी दुःख पाएका सर्वसाधरणको पहुँचमा भएकाले गल्ती गर्ने सबैलाई प्रहरी कानुनी कठघरामा ल्याउने एसपी मैनालीले दाबी गरे।

उपचारमा संलग्न र संस्थामा आबद्ध संचालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको उनले बताए। उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका भट्टराईलाई मुलुकी फौजदारी अपराध संहिता दफा २ सय ३० को ईलाज सम्बन्धि कसुर मुद्दा चलाईएको छ। प्रहरीलाई चार वर्षिय बालकले उपचारमा  लापरबाही गरेको उजुरी दिएपछि पोलिक्लिनिकको अनुसन्धानमा प्रहरीले सक्रियता बढाएको  थियो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले उक्त पोलिक्लिनिकमा ईजाजत नभएका व्यत्तिले समेत सर्वसाधरण उपचार गरिरहेको दाबी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बबई पोलिक्लिनिकमा छापा मार्दा मापदण्ड बिपरीत सञ्चालन गरेको र म्याद गुज्रेका ओषधि फेला पारेपछि असोज २९ गते बबई पोलिक्लिनिकमा शिल गरेको थियो।

 

प्रकाशित: ३ मंसिर २०७५ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App