१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नर्भिकलाई बिजनेस एक्सलेन्स अवार्ड

काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालले ‘बिजिनेश एक्सलेन्स इन हेल्थ केयर’ अवार्ड प्राप्त गरेको छ । नर्भिकलाई अमेरिकाको टेक्सास अवस्थित चेम्बर अफ कमर्सले वल्र्डकोब (वल्र्ड कन्फडरेसन अफ विजनेस) नामक अवार्ड प्रदान गरेको हो।

गतसाता राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे । उक्त सम्मानको उद्देश्य विश्वका पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ तथा संस्थालाई आवद्ध गर्ने तथा सम्मानित गर्ने भएको जनाइएको छ।

सो अवसरमा वल्र्डकोबका विदेश मामिला निर्देशक निकोलस कफारोले नर्भिकलाई इलाइट मेम्बर पनि प्रदान गरेका थिए । सो सदस्यता नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरे । सन् २००४ मा स्थापित वल्र्डकबको उद्देश्य विश्वव्यापी मूल्य मान्यतामा आधारित व्यवसायको प्रबद्र्धन, तिनको पहिचान तथा व्यवसायिक व्यक्तित्वका साख अभिवृद्विमा सहयोग पुर्याउनु हो । विश्वका एक सय २० भन्दा बढी राष्ट्रमा वल्र्डकबका तीन हजार भन्दा बढी सदस्य प्रतिष्ठानको सञ्जाल रहेको छ।

वल्र्डकोबले नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई उत्कृष्ट नेतृत्व, कार्यकारी निर्देशक राजेन्द्र ब. सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाललाई उत्कृष्ट व्यवसाय व्यवस्थापन, प्रवीण डावर र प्रदीप झालाई उत्कृष्ट बजार व्यवस्थापन तथा कपिल गौतमलाई उत्कृष्ट गुणस्त्तर व्यवस्थापन सम्मान प्रदान गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बल्र्डकोबका अन्तर्राष्ट्रिय मामिला निर्देशक कफारोले वल्र्डकोबले विश्वभर छरिएर फरक क्षेत्रमा उत्कृष्ट व्यवसायीलाई सम्मान गर्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको प्रयास विशेष रहेको बताए । समारोहमा बोल्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले चिकित्सा सेवालाई थप प्रभावकारी बनाउँदै भविष्यमा थप अन्तर्राष्ट्रिय प्रंशसा प्राप्त गर्ने लक्ष्य रहेको बताइन्।

प्रकाशित: ३ मंसिर २०७५ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App