हात नभएकालाई चल्न मिल्ने हात निःशुल्क

सोमबार, ०३ मङि्सर २०७५, ०७ : ३२ नागरिक

काठमाडौं – हातको कुहिनोमुनिको भनग नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिँदै आएको छ । ‘इनेबल नेपाल’ नामक संस्थाले कुहिनोमुनिको हात नभएका १६ वर्षमुनिका बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गर्दै आएको संस्थाका महासचिव सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ‘थ्रिडी प्रिन्टेड’ हातले बच्चाले गर्न सक्ने एक्सरसाइज गर्ने, बोक्ने, समात्ने, साइकल चलाउने लगायतका काम गर्न सकिन्छ । त्यसका लागि केही समय अभ्यास गर्नुपर्ने उनले बताए । अहिले हात नभएका १६ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर ‘थ्रिडी प्रिन्टेड’ हात बनाइएको जानकारी दिँदै उनले काठमाडौें विश्वविद्यालयसँगको सहकार्यमा १६ वर्षमाथिका मानिसका लागि पनि उक्त हात प्रयोग गर्न सकिने र उपयोगी हुने गरी स्तरोन्नति गर्न लागिएको बताए । त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर अघि बढ्ने तयारी भइरहेको उनको भनाइ छ।

अहिलेसम्म १८ जना बालबालिकालाई चलाउन मिल्ने ‘थ्रिडी प्रिन्टेड’ हात निःशुल्क प्रदान गरिएको श्रेष्ठले जानकारी दिए। उनले कुहिनोमुनिको हात नभएका सम्पर्कमा आएजति बालबालिकालाई थ्रिडी प्रिन्टेड हात निःशुल्क प्रदान गरिने पनि बताए । त्यसका लागि ९८६९६६५६६२ मा सम्पर्क गरेर उक्त हात लिन सकिनेछ।

उनले आवश्यक पार्टपुर्जा नेपालमै ल्याएर आफ्नै ल्याबमा तयार गरिने भएकाले झन्डै बीस हजार लागत पर्ने बताए । त्यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गरिरहेको उनले स्पष्ट पारे।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad