१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कार्यक्षेत्र कामदारमैत्री बनाउने सरकार र व्यवसायीको प्रतिबद्धता

काठमाडौं– सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन्। कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरुले साझा प्रतिबद्धता जनाएका हुन्।

श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्र उत्पादन बढ्ने भएकाले यसतर्फ सरकार सचेतक रहेको बताए। उनले रोजगारदाता, उद्योगी, व्यवसायी सबै कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। सामुदायिक रेडियो प्रशारक संघ अकोरावले आइतवार काठमाडौंमा गरेको ‘कार्यक्षेमा कामको सुधारातात्मक अवस्था’ बिषयक नीतिगत छलफलमा महाशाखा प्रमुख घिमिरेले श्रमिक पनि पूँजी भएकाले खुसी श्रमिकले मात्रै उत्पादन बढाउन सक्छन् भन्नेमा उद्योगी व्यवसायीले ध्यान दिनुपर्ने बताए। 

कार्यक्षेत्रमा कामको वातावरण, स्वास्थ्य सुरक्षाको अवस्था बुझ्न सरकारले अनुगमन सुरु गरेको पनि उहाँले जानकारी दिए। उनले सरकारले चालु आर्थिक बर्षको असोज मसान्तसम्म सरकारले २ सय ३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनका क्रममा मुलुक भरका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी गराए।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवम महासंघको रोजगारदाता परिषदका उपाध्यक्ष भरतराज आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन सबै निकायको सहमतिमा आएकाले यसलाई सबै उद्योगले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए। कार्यक्षेत्रमा कामदार मैत्री वाताबरण बन्दै गएको र उद्योगहरुले श्रमिकलाई पूँजीका रुपमा हेर्न थालेको आचार्यले बताए। 

कार्य क्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउन आफूहरु प्रतिवद्ध रहेको उनले बताए। नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष एवम श्रम सम्बन्ध परिषदका संयोजक दिपक पौडेलले श्रम ऐन र सामाजिक सुरक्षा ऐन आइसकेपछि कार्यक्षेत्रमा अहिले सुधार हुँदै गएको बताए। उनले यसलाई पूर्ण कार्यान्वयमा ल्याउनका लागि सरकार, व्यवसायी र ट्रेड युनियन मिलेर अघि बढ्नुपर्ने बताउँदै फरक–फरक धारका ट्रेड युनियन पनि यस बिषयमा एउटै धारमा आएर काम गरिरहेको जानकारी दिए। 

अखिल नेपाल ट्रेड युनियन महासंघका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसावले केही सुधार भएपनि कानुनमा उल्लेख भए अनुसार कार्यान्वयमा आउन नसकेको टिप्पणी गरे। एउटा कामदारले उद्योगमा कस्तो वाताबरण पाउँछ त्यसले नै उत्पादन कस्तो हुन्छ भन्नेमा निर्भर हुने श्रेष्ठको भनाई छ। उन्नती समावेशी परियोजनाको सहयोगमा गरिएको नीतिगत छलफलमा सहभागी मजदुर, किसान, पत्रकाहरुले कार्य क्षेत्रमा कामको वातावरण राम्रो बनाउन भन्दा उत्पादन र नाफामा बढी ध्यान गएको गुनासो गरे। 

प्रकाशित: २ मंसिर २०७५ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App