आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

आइतबार, ०२ मङि्सर २०७५, १३ : २९ एजेन्सी

नयाँदिल्ली- भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन्।

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ। आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो। आँधीले हजारौँ रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन्। घरबारविहिन भएका हजारौ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ। 

मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन्। त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरुले बताएका छन्। “घरबारविहीन भएकाहरुको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ। उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,” एक अधिकारीले पत्रकारहरुसँग भने। 

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad