१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयर

काठमाडौं – एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको ३७७औं सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्।

बैंकले गत आर्थिक वर्ष वार्षिक बिन्दुगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो।

०७५–०७६ को पहिलो त्रैमाससम्ममा कर्जा बढाएर १३९ अर्ब तथा कुल निक्षेप १६३ अर्ब पुर्याइसकेको बैंकले जनाएको छ । बैंकले गत असोजसम्म ७५ करोड ५३ लाख  नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App