१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९ किलो चरेशसहित महिला पक्राउ

रोल्पा– रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा थवाङकी ५१ बर्षीया दिलकुमारी घर्ती रहेकी छिन्।

घर्तीलाई चरेशसहित पक्राउ गरेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए। उनले भने, ‘नियमित चेकजाँचका क्रममा प्रहरीले करिब ९ किलो चरेशसहित थवाङकी दिलकुमारी घर्तीलाई पक्राउ गरेको छ। आइतवार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान र लागु औषध सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँछौं।’

प्रकाशित: १ मंसिर २०७५ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App