१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप

काठमाडौं - 'गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ। सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु। असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ। प्रशंसकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ।' उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो। नेपाली प्रशंसक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन्।

'म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु। मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ। मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ। प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ।', सन्दीपले भने।

‘सुट द्याट फिट्स’ ले उनलार्इ ब्रान्ड एम्ब्यासेडोर बनाउन अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले अाइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेकाे बताए। उनले त्यसपछि आफू नेपाल फर्कने र एभरेस्ट प्रिमियर लिगको दुई खेल खेल्नसक्ने बताए। 'त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्ट्रेलिया जाँदै छु। डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु। त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु। अनि दुबई जान्छु। त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु।’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए। रासस

प्रकाशित: १ मंसिर २०७५ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App