१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

छात्रा फुटसलकाे उपाधि संस्कृति इन्टरनेसनललार्इ

काठमाडौँ – युरो स्कुल हात्तीगौँडाद्वारा आयोजित प्रथम क्यु.के.एस छात्रा फुटसल प्रतियोगिताको उपाधि संस्कृति इन्टरनेसनल स्कुलले जितेको छ। शुक्रबार भएकाे खेलमा रातो बंगला स्कुललाई १-० गोलले पराजित गर्दै संस्कृति इन्टरनेसनल स्कुलले उपाधि हात पारेको हो। विजेता टाेलीका लागि एक मात्रै गाेल शशीका अमात्यले गरिन्।

संस्कृतिले सेमिफाइनलमा आयोजक युरो स्कुललाई पछि पार्दै  फाइनलमा प्रवेश गरेको थियो भने रातो बंगला स्कुलले प्रिमियर इन्टरनेशनल स्कुललाई पाखा लगाएको थियो। यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा युरो स्कुललार्इ पराजित गर्दै प्रिमियर इन्टरनेसनल स्कुलले तेस्राे भएकाे छ।

प्रकाशित: १ मंसिर २०७५ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App