जनकपुर रेलसेवा शिलान्यास

मोदी नआउने, योगी आदित्यनाथ आउने

शनिबार, ०१ मङि्सर २०७५, ०७ : ४३ नागरिक

159


काठमाडौं – जयनगर–जनकपुर–कुर्था रेलसेवा शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । मंसिरको दोस्रो साता शिलान्यास गर्ने भनिएको कार्यक्रममा मोदीको साटो अर्का नेता पठाउने तयारीमा भारतीय पक्ष लागेको दिल्लीस्थित एक अधिकारीले बताए। नेपालस्थित भारतीय दूतावासले मोदी आउने नआउनेबारे कुनै जानकारी नआएको स्पष्ट पारेको छ। यसबारे आधिकारिक जानकारी नआएकाले केही भन्न नसक्ने दूतावासको भनाइ छ।

सन् २०१९ मा हुने लोकसभा चुनावको पूर्वतयारीका क्रममा मोदीको व्यस्तता बढेको छ । भारतका विभिन्न राज्यमा विधानसभा चुनाव हुँदै गर्दा लोकसभा चुनावको पूर्वतयारी पनि सुरु भएकाले मोदीले विदेश भ्रमण कम गरेका छन्। उनी थोरै समयमा धेरै देशको भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीका रुपमा चिनिइसकेका छन्। मोदीको पाचौंपटक हुने भनिएको नेपाल भ्रमण मंसिरमा नहुनुमा भारतमा लोकसभा चुनावको चलहपहल बढ्नु मुख्य कारण देखिएको छ। सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्रीका रुपमा मोदीले चारपटक नेपाल भ्रमण गरिसकेका छन्। उनी सबैभन्दा बढी पटक नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन्।

नेपाल र भारतका विभिन्न सञ्चारमाध्यमले मोदीले मंसिरमा पाचौंपटक नेपाल भ्रमण गर्ने उल्लेख गरेका थिए । मंसिर १२ वा १३ गते मोदी नेपाल भ्रमणमा आई जनकपुर हुँदै लुम्बिनी पुग्ने चर्चा थियो। यसअघि मोदीले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम पुगी पूजा गरिसकेका छन्।

शिलान्यासका लागि मोदीको साटो उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने लगभग निश्चित रहेको दिल्लीस्थित स्रोतले जानकारी दिएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहको नाम चले पनि उनी नआउने भएका छन् । मोदी आउने नआउने निश्चित नभएपछि रेलसेवा शिलान्यासको मितिसमेत तय भएको छैन । प्रमुख अतिथिको नाम टुंगो लागेपछि मात्र मिति तय हुने बुझिएको छ। भारतीय सहयोगमा पुर्ननिर्माण र स्तरोन्नति गरिएको रेलसेवा सुचारु भएपछि भारत र नेपालबीच रेल यातायात पुनः सञ्चालनमा आउनेछ । यसअघि दुवै देशबीच चल्दै आएको रेलसेवा जीर्ण भई रोकिएको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...