१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थानकोटको चन्द्रागिरीमा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

काठमाडौं- नेपाल प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत चन्द्रागिरी नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा ३३ सदस्य समिति गठन गरिएको हो।

चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले टोलटोलमा शान्ति शान्ति सुरक्षा अमनचयन अपराध नियन्त्रण तथा निर्मुल पार्नको लागि गृह प्रशासन सुधार योजना अन्तर्गत नेपाल प्रहरीले यो अवधारणा ल्याएको प्रती खुशी व्यक्त गरे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरीले ल्याएको नयाँ कार्यक्रमले समाजमा हुने अपराध न्यूनीकरण हुने विश्वास व्यक्त गरे।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए। नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरिसकेको छ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य साथ अगाडि वढिरहेको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक अमृतवहादुर वस्नेतले अवधारणा पत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०७५ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App